एउटा तारा खस्यो !

आज विहान सबेरै

एउटा तारा खस्यो

एउटा आशा विलायो

एउटा सम्बन्ध टुट्यो

अस्तिसम्म आँखै अगाडि भएको कोहि

आज स्मरणमा मात्र कैद हुन पुग्यो

आजको दिनको सुरुवातमा नै

यी सब भयो ।

 

 तर, भोलिका दिनमा

आकाशको अर्को कुनै कुनाबाट

त्यो तारा अवश्य पनि फेरि चम्कने नै छ

जीवनको अर्को कुनै मोडमा

ती सम्बन्धहरू फेरि जीवन्त हुने नै छन्

स्मरणमा कैद भएका सम्झनाहरु

पुनः यी आँखाहरुमा सुमधुर दृश्यहरु झैँ याद आउने नै छन् ।

 

आज विहान सबेरै

एउटा तारा खस्यो

तर, भोलिको अर्को नयाँ दिनको सुरुमै

आकाशको अर्को कुनै कुनाबाट

त्यो तारा अवश्य पनि उदाउँने नै छ ।।

- सुरेन्द्र


Comments

Popular Posts