अ-सामान्य
तिमी सबथोक पाउन केहि गर्दछौँ
तिमी सबथोक गुमाउँदा दुखी हुन्छौँ
म एकपल खुशीको निम्ति मेरो सबथोक गुमाउन सक्दछु ।
तिमी असफल हुने डरले प्रयास गर्दैनौँ
म असफल हुँ त्यसैले प्रयास गर्छु,
तिमी अन्तिमलाई समाप्त ठान्दछौँ र रोकिन्छौँ
म अन्तिमलाई सुरुवात देख्छु र बल्ल पाइला सार्छु ।
तिमी एक हाँसो हाँस्न कुनै मित्र खोज्दछौँ
म एक ब्रमाण्ड आँशु एक्लै बगाइदिन्छु
तिमी आकाश हेरेर सपना बुन्दछौ
म मेरो सपनामै सहि पूरै आकाश बुन्दिछु ।
तिमी प्रख्यात हुन नाम कमाउन चाहन्छौँ
म शून्यमा शून्य हुन चाहन्छु,
तिमी प्रश्नहरुको उत्तर खोज्न तिर लाग्छौँ
म प्रश्नहरुलाई पनि बारम्बार प्रश्नै-प्रश्न गर्छु ।
म केही नदिए जसरी थोरै आत्मविश्वास दिन्छु
तिमी केहि दिन लागे जसरी सम्पूर्ण लिगिदिन्छौँ
केहि नदिने वाचा गरेपछि पनि म मेरा सम्पुर्ण दिन तयार हुन्छु ।
तिमी मजबुरीलाई बहाना जस्तो देख्दछौँ
म मजबुरीलाई सबथोक, सबथोक देख्दछु
तिमी मृत्युलाई अन्त्य देख्दछौँ
म मृत्युलाई नयाँ जीवन देख्दछु ।
तिमी नबोल्नुलाई शब्द विहिन हुनु भन्ने आरोप लगाउछौँ
म नबोल्नुलाई आँधीबेरी आउनु अगाडिको शान्त वायू देख्दछु
तिमी हराउनुलाई नभेटिनु ठान्दछौँ
म हराउनुलाई भेटिनु जस्तै देख्दछु ।
तिमी तिम्रा लागि पुगेपछि अरुका बारेमा बल्ल सोच्छौँ
म मेरा निम्ति मेरो नाम लिगे जसरी सबका बारेमा सोच्दछु
र,
तिमीले जेलाई मूल्यावन् भन्छौँ
मैले त्यसलाई त्यागेको वर्षौँ भइसक्यो ।।
Comments
Post a Comment