तिमीले अवश्य बुझ्नेछौँ !

मैले हारेको दिन

मैले रोएको दिन

तिमीले अवश्य बुझ्नेछौ

मैले जित्न नसक्नुको कारण

मैले हाँस्न नसक्नुको कारण

 

मैले त्यागेको दिन

मैले छाडेको दिन

तिमीले अवश्य बुझ्नेछौ

म आफ्नै घरमा नबस्नुको कारण

म आफ्नै सँग नहुनुको कारण

 

म टुक्रिएको दिन

म एक्लिएको दिन

तिमीले अवश्य बुझ्नेछौ

म धेरैमा नअट्नुको कारण

म धेरैसँग नमिल्नुको कारण

 

म शून्य भएको दिन

म शान्त भएको दिन

तिमीले अवश्य बुझ्नेछौ

म सम्पूर्ण नहुनुको कारण

म कोलाहलमा नबस्नुको कारण

 

म असाधारण भएको दिन

म असमान भएको दिन

तिमीले अवश्य बुझ्नेछौ

म साधारण नदेखिनुको कारण

म समान नहुनुको कारण

 

म अन्धकार भएको दिन

म बर्बाद भएको दिन

तिमीले अवश्य बुझ्नेछौ

म उज्यालो नदेखिनुको कारण

म सफल नहुनुको कारण


Comments

Popular Posts