फेरि पनि...
फेरि पनि,
केहि भएर पनि केहि नभए जस्तो भएछु म,
केहि बुझेर पनि केहि नबुझे जस्तो भएछु म,
केहि जानेर पनि केहि नजाने जस्तो भएछु म,
केहि सुनेर पनि केहि नसुने जस्तो भएछु म ।।
फेरि पनि,
कतै पुगेर पनि कतै नपुगे जस्तो भएछु म,
कतै अगाडि हिँडेर पनि कतै पछाडि पुगे जस्तो भएछु म,
कतै नजिक भएर पनि कतै टाढा जस्तो भएछु म,
कतै सुल्टो भएर पनि कतै उल्टो जस्तो भएछु म ।।
फेरि पनि
केहि संङ्गालेर पनि केहि गुमाए जस्तो भएछु म,
केहि सुखी भएर पनि केहि दुखि जस्तो भएछु म,
केहि हाँसो भएर पनि केहि आँशु जस्तो भएछु म,
केहि आशा भएर पनि केहि निराशा जस्तो भएछु म ।।
फेरि पनि ...
Comments
Post a Comment