विर्सिएको कथा
नेताले
नेतूत्त्व विर्सिए झैँ सहर पसेका गाँउका जमिनदारहरुले आफ्ना जमिन विर्सिए । जसरी
यो वसन्तमा प्रकृतिले आफ्नो रुप फेर्न विर्सिदैँछ त्यसरी नै संधैभर ढुङ्गाहरुमा
लेउ लगाउने घर नजिकैको खहरे खोलाले आफ्नो चाल विर्सियो । खोलाले पानी विर्सिएको
धेरै भयो । त्यस्तैगरी गाँउको कुलोले पनि पानी विर्सियो । पानी नपाएर खेतबारीले
उब्जनी हुनै विर्सिए । अर्कोतर्फ कुवाले पानी विर्सियो । पानी नभएको कुवालाई
पुरा गाँउले नै विर्सिए । पानी विर्सिए पछि गाँउले पोखरी विर्सियो । फलस्वरुप
पोखरीमा आहाल बस्ने घरपालुवा जनावर विर्सिए ।
किसानले कोदाली विर्सिएको धेरै भयो । फलस्वरुप किसानले वर्षभरी धान उत्पादन हुने
खेत विर्सियो । किसानले खेत विर्सिए झैँ खेतले पनि त किसान विर्सियो । किसान नपाएर
खेतबारीले चामल, कोदो, फापर र तोरी विर्सियो ।
हामीले
इतिहास विर्सियौँ । इतिहासले हामीलाई विर्सियो वा हामीलाई सम्झिनैँ चाहेन त्यसैले
हामीले देशभक्त्त विर्सियौँ । देश विर्सियौँ ।
अचेल हरेक यात्राहरुले गन्तब्य विर्सिए झैँ यात्रीहरुले पनि पाइला सार्न विर्सिसके ।
Comments
Post a Comment